Section 86
दाबी पेश गर्ने सूचना
लिक्विडेटरले यस ऐन बमोजिम बाध्यात्मक खारेजीमा गएको बैंक वा वित्तीय संस्थामा कुनै पनि किसिमको दाबी हुने व्यक्तिले यस दफा बमोजिम अन्तिम सूचना प्रकाशन वा प्रसारण भएको मितिले एक महिनाभित्र आफ्नो दाबी तथा आफूले पाउन सक्ने रकम बुझ्ने माध्यम उल्लेख गरी विवरण पेश गर्न राष्ट्र बैंकले तोकेको समयभित्र देहाय बमोजिम सूचना प्रकाशन गर्नु पर्नेछः– (क) राष्ट्रियस्तरको कुनै नेपाली र अंग्रेजी भाषाको दैनिक पत्रिकामा सूचना प्रकाशन गर्ने, (ख) बैंक वा वित्तीय संस्थाको कारोबार हुने मुख्य स्थान तथा सोको प्रत्येक कार्यालयमा सबैले देख्ने ठाउँमा सूचना टाँस गर्ने गराउने ।